सोमबार, जेठ २७, २०८२

रास्वपाले दियो मतदातालाई धन्यवाद

नेपालखोज २०८० वैशाख १० गते १९:१९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदातालाई धन्यवाद दिएको छ ।

उपनिर्वाचनको मतदान सकिएपछि तनहुँ १, चितवन २ र बारा २ का मतदातालाई धन्यवाद दिएको छ ।

रास्वपाले भनेको छ, ‘आफ्नो मताधिकार प्रयोग गरेर देशको लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।’

रास्वपाले निर्वाचन सम्पन्न गर्न भूमिका खेलेको भन्दै सुरक्षा निकाय, निर्वाचन आयोग र सबै निकायले धन्यवाद दिएको हो ।

प्रतिक्रिया