सोमबार, जेठ २७, २०८२

चितवन २ को मतपेटिका संकलन सकियो

नेपालखोज २०८० वैशाख १० गते २२:१९

चितवन । चितवन २ को मतगणनाका लागि सबै मतपेटिका संकलन सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सम्पन्न मतदानको सबै मतपेटिका संकलन सकिएको जनाएको छ ।

कार्यालयले केहीबेरमै मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको र त्यसपछि प्रक्रिया पुरा गरेर गणना सुरु गरिने जनाएको छ ।

चितवन–२ का सबै केन्द्रहरूका मत पेटिकाहरू गणनास्थल भरतपुर ल्याइएको छ । सबै मतदानस्थल र केन्द्रबाट मत पेटिकाहरू संकलन भइसकेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले बताए ।

उनका अनुसार आइतबार रातिबाटै मतगणना सुरू गर्ने कार्यालयको तयारी रहेको छ । चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको छ ।

चितवन २ मा रास्वपाका रवि लामिछाने, कांग्रेसका जीत नारायण श्रेष्ठसपहित २२ जना उम्मेदवार छन् ।

प्रतिक्रिया