सोमबार, जेठ २७, २०८२

तनहुँमा रास्वपाका वाग्लेको निरन्तर अग्रता कायम

नेपालखोज २०८० वैशाख ११ गते ८:१९

तनहुँ । तनहुँ – १ को मतगणना जारी रहेको छ ।

सोमबार बिहान १३ हजार ६५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।

वाग्लेले ७२९३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् ।

एमालेका सर्वेन्द्र खनालले २१३४ मत प्राप्त गरेका छन् । वाग्ले र खनाल एक्ला एक्ला प्रतिस्पर्धा गरेका हुन् भने भट्टराई सत्तारुढ दलका साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया