सोमबार, जेठ २७, २०८२

गोविन्द भन्दा स्वर्णीम ५ हजार भन्दा बढी मतले अघि

नेपालखोज २०८० वैशाख ११ गते ९:३४

काठमाडौं । तनहुँ १ मा वैशाख १० गते सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णीम वाग्ले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई भन्दा ५ हजार बढी मतले अघि देखिएका छन् ।

वाग्लेले ९१९८ मत प्राप्त गर्दा भट्टराईले ३८०६ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २४६० मत पाएका छन् ।

हालसम्म मतगणना भएका सम्पूर्ण वडामा वाग्लेले डबल बढी मत पाइरहेका छन् ।

प्रतिक्रिया