सोमबार, जेठ २७, २०८२

तनहुँ १ (अपडेट) : स्वर्णीम र गोविन्दबीचको मत फरक कति ?

नेपालखोज २०८० वैशाख ११ गते १०:१३

काठमाडौं । तनहुँ १ मा वैशाख १० गते सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।

१७०७७ मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णीम वाग्ले ९४८३ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले ४४७२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २५६० मत पाएका छन् ।

हालसम्म तनहुँ नगरपालिका र आबुखैरेनी गाउँपालिकाका १२ वडाको मतगणना सकिएको छ ।

प्रतिक्रिया