लोकतन्त्र छ र त हामी छौं : गगन थापा
नेपालखोज
२०८० वैशाख ११ गते ११:०३

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्र भएर नै स्वतन्त्रता रहेको बताएका छन् । लोकतन्त्र दिवसको शुभकामना दिँदै थापाले राज्य व्यवस्थामा लोकतन्त्र उत्कृष्ट व्यवस्था भएको बताएका हुन् ।
‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो र राज्य सञ्चालनका व्यवस्थाहरूमध्येको उत्कृष्ट व्यवस्था हो लोकतान्त्रिक व्यवस्था । लोकतन्त्र छ र त यो स्वतन्त्रता छ, लोकतन्त्र छ र त हामी छौं,’ थापाले भनेका छन्, । ‘हामी सबैलाई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस्। लोकतन्त्र दिवसको शुभकामना !’
सम्बन्धित
प्रतिक्रिया