सोमबार, जेठ २७, २०८२

तनहुँ १ मा स्वर्णीमले मतान्तर फराकिलो बनाउँदै

नेपालखोज २०८० वैशाख ११ गते १३:५६

काठमाडौं । तनहुँ–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले १३७४९ मत पाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८०३७ मत ल्याएर पछ्याइरहेका छन् । यी दुई उम्मेदवारबीच ५७१२ मतको अन्तर देखिएको छ ।

नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । खनालले ४३९४ मत ल्याएका छन् । गोविन्द र सर्वेन्द्रले पाएको मत जोड्दा पनि स्वर्णीमको १३१८ मत बढी रहेको छ ।

प्रतिक्रिया