सोमबार, जेठ २७, २०८२

संसदीय समितिको भागबण्डामा सहमति

नेपालखोज २०८० वैशाख ११ गते १७:०८

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागबण्डामा सहमति भएको छ । सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो ।

संघीय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ । संसदीय सुनुवाई समितिको भने सभापति कांग्रेस भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठमा१० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए । गिरीका अनुसार संवैधानिक परिषद सम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको छ ।

प्रतिक्रिया