तनहुँ १ मा स्वर्णीमको मत २० हजार नजिक
नेपालखोज
२०८० वैशाख ११ गते १८:५५

काठमाडौं । तनहुँ १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले २० हजार नजिक मत ल्याएका छन् ।
उनले १९६५३ मत पाउदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले ११६६९ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ६२३६ मत ल्याएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया