सोमबार, जेठ २७, २०८२

सांसद वाग्लेले मतदाता धन्यवाद यात्रा गर्दै, यस्तो छ तालिका

नेपालखोज २०८० वैशाख १२ गते ८:१३

काठमाडौं । १४ हजार भन्दा बढी मतान्तरले तनहुँ १ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णीम वाग्लेले मतदाता धन्यवाद यात्रा गर्ने भएका छन् ।

आज विहान ८ बजे मतगणना स्थलबाट सुरु हुने धन्यवाद यात्रा साँझ ६ बजे देवघाट पुगेर सकिनेछ । मतदाता सँग खुसी साट्न निस्केका उनले खादामालाको प्रयोग कम गर्न अनुरोध गरेका छन् ।

वाग्लेले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई पराजित गरेका हुन् । उपनिर्वाचनको मुखैमा नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका उनी तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका थिए ।


वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए ।

धन्यवाद यात्राकाे बैशाख १२ गतेको तालिका :
८ः०० बजे निर्वाचित भएको प्रमाणपत्र ग्रहण, मतगणना स्थल, दमौली
८ः१५ देखि १० बजे धन्यबाद यात्रा, अनसन चौतारी, दमौलीबाट बजार परिक्रमा
१० देखि ११ बजे दमौलीबाट बन्दिपुर यात्रा
११ देखि ११ः३० बजे बन्दिपुरमा धन्यवाद यात्रा
११ः३० देखि ११ः५० बजे बन्दिपुरबाट डुम्रे यात्रा
११ः५० देखि१२ः४५ बजे डुम्रेमा धन्यवाद यात्रा
१ः४५ देखि २ः३० बजे नारेश्वरटार धन्यवाद यात्रा
२ः३० देखि ३ः३० बजे आँबुखैरेनी यात्रा
३ः३० देखि ४ः३० बजे आँबुखैरेनी धन्यवाद यात्रा
४ः३० देखि ५ः१५ बजे देवघाट जाने
५ः१५ देखि ६ः०० बजे देवघाट धन्यवाद यात्रा
६ः०० बजे आआफ्नो स्थान फर्कने

प्रतिक्रिया