सोमबार, जेठ २७, २०८२

चितवन २ मा रविको मतान्तर चुलियो

नेपालखोज २०८० वैशाख १२ गते ९:१८

काठमाडौं । चितवन २ भएको उपनिर्वाचनको जारी मतगणनाको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३६ हजार २११ मतान्तरसहित लिड गरिरहेका छन् ।

रविले ४४ हजार ४८६ मत पाउँदा गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठले ८ हजार २७५ मत पाएका छन् ।

जीतनारायणलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले पच्छ्याइरहेका छन् । उनले ८ हजार २१७ मत पाएका छन् ।

प्रतिक्रिया