सोमबार, जेठ २७, २०८२

श्रेष्ठको सांसद पद रिक्त

नेपालखोज २०८० वैशाख १२ गते १३:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका समानुपातिक सांसद ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा सुनाउने तय भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई पार्टिबाट निलम्बित गरेको थियो ।

रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् ।

प्रतिक्रिया