बारा–२ मा झण्डै ५ हजार मतान्तरले उपेन्द्र अगाडि
नेपालखोज
२०८० वैशाख १२ गते १४:३५

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले लिड गरिरहेका छन् ।
३५ हजार ३१२ मतगणना सम्म यादवले १५ हजार १८३ मत पाएका छन् ।
यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मतसहित यादवलाई पच्छ्याइरहेका छन् ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७ मत र रास्वपाका रमेश खरेलले २ हजार ९५ मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया