यादवसँग मतान्तर घटाउँदै शिवचन्द्र
नेपालखोज
२०८० वैशाख १२ गते १७:४९

काठमाडौं । बारा २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। यद्यपि, उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले मतान्तर घटाउँदै लगेका छन्।
यसअघि उपेन्द्र यादव कुशवाहाभन्दा ५ हजार १३ मतले अगाडि थिए। अहिले कुशवाहाले मतान्तर घटाएर ४ हजार ३२२मा पुर्याएका हुन्।
यादवले १८ हजार ४९६ मत पाउँदा कुशवाहाले १४ हजार १७४ मत पाएका छन्। तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल छन्। उनले ५ हजार ५१४ मत पाएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार १९६ मत र आम जनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार मत पाएका हुन्।
सम्बन्धित
प्रतिक्रिया