आइतबार, जेठ २६, २०८२

‘दृढ संकल्पका साथ कांग्रेस रुपान्तरणको ठोस नीतिसहित स्पष्ट मार्गचित्र लिएर आउँछ’

नेपालखोज २०८० वैशाख १३ गते २१:१८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपचुनावमा निर्वाचित तीनै जनालाई बधाई तथा शुभकामना दिएका छन् ।

थापाले बुधबार एक विज्ञप्ति जारी गर्दै टिवटरमार्फत चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने, तनहुँ एकबाट निर्वाचित रास्वपाका स्वर्णिम वाग्ले र बारा २ बाट निर्वाचित जसपाका उपेन्द्र यादवलाई बधाई दिएका हुन् ।

उनले बधाई दिँदै उपनिर्वाचनको सन्देशलाई लिएर भएका सार्वजनिक बहस र विश्लेषणले कांग्रेस रुपान्तरणको अभियानलाई थप मद्दत पुग्ने आशा व्यक्त गरेका छन् । उनले विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी आएको उनले उल्लेख गरेका छन् ।

महामन्त्री थापाले छिट्टै नै दृढ संकल्पका साथ कांग्रेस रुपान्तरणको ठोस नीति,योजना र कार्यक्रमसहित स्पष्ट मार्गचित्र लिएर आउने र त्यसलाई सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया