विद्यार्थी संगठनले लगायो काठमाडौं महानगरको शिक्षा विभागमा ताला
नेपालखोज
२०८० वैशाख १४ गते २०:१९

काठमाडौं । कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा ताला लगाएको छ ।
महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो ।
यसैबीच विद्यार्थी संगठनले विभागमा लगाएको ताला फोर्ने तयारी भइरहेको महानगर प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया