सोमबार, असार २३, २०८२

बालेनले भने, ‘विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ’

नेपालखोज २०८० वैशाख १५ गते १०:३६

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न नसक्ने बताएका छन् । कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा लगाएको ताला खोल्दै मेयर साहले दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भनेका छन् ।

सामाजिक सञ्जालमा ताला फोरेको भिडियो हाल्दै उनले लेखेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौ ।’

महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको थियो ।

प्रतिक्रिया