महावीर पुनले थाले आन्दोलन, यी हुन् माग

काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलाबाट आन्दोलन सुरु गरेका छन् ।
आज बिहानबाट आन्दोलन सुरु गरेका उनले नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्न माग गरे । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर कुरा राखेपनि सरकार गम्भीर नभएपछि आन्दोलन सुरु गरेका हुन् । पुनले सरकारलाई भेटेर आन्दोलनबारे सूचना समेत दिएका थिए ।
उनले १० वर्षदेखि आफनो माग सम्बोधन नभएको भन्दै गुनासो पोखेका छन् ।
यस्ता छन् ४ बुँदे माग
१, संघिय सरकार र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषमा राखोस् ।
२, कोषमा राखेको रकमलाई खर्च गर्नका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सहज रुपमा प्रतिभा भएका युवाहरुलाई पुयाउनको लागि छुटै कानुन बनाओस् । तर सार्वजनिक खरिद अन्तर्गत कानुन नबनाओस् ।
३, आविष्कार केन्द्रमा लागेर कसैले कुनै चीज बनाउँछ भने बनेको चीजलाई लाइसेन्स दिनुपर्ने, दर्ता गर्नुपर्ने दर्ता गर्नको लागि छुटै कानुन बनाइयोस् ।
४, यो सबै कुराहरुलाई हेर्नको लागि सहज रुपमा सञ्चालन गर्नको लागि अनुसन्धान प्रवर्तन र विभाग बनाइयोस् , र सबै काम त्यही विभागले गरोस् । प्रतिभा भएको मान्छेहरु ठाउँठाउँमा भत्किन नपरोस् । यस्ता माग राखेको १० वर्ष भइसक्दा पनि सुनुवाई नभएको गुनासो गरे ।
प्रतिक्रिया