आइतबार, जेठ २६, २०८२

रवि र स्वर्णिमले लिए सांसदको शपथ

नेपालखोज २०८० वैशाख १५ गते १२:०४

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित सांसदद्धय रवि लामिछाने र स्वर्णीम वाग्लेले सांसद पदको सपथ लिएका छन् ।

सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।

उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन २ र तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको शपथ भने पछि हुने संघीय संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया