प्रेम विवाहको क्रेज बढ्यो

अहिले प्रेम विवाह जताततै सामान्य बन्दै गएको छ । एक रिपोर्ट अनुसार भारतमा विगत तीन वर्षमा परम्परागत विवाह २४ प्रतिशतले घटेको छ । वेडिङ वायर इन्डियाको सर्वेक्षण अनुसार सन् २०२० मा करिब ६८ प्रतिशत नयाँ जोडीले आफ्नो विवाह परम्परागत भएको बताएकाे थिए । तर २०२३ मा ४४ प्रतिशत नयाँ जोडीले मात्र परम्परागत विवाह भएको बताएका थिए । यो सर्वेक्षण प्रतिवेदनमा ४१ प्रतिशत दम्पतीले ४–६ महिना अगावै विवाह गर्ने योजना बनाए पनि ३२ प्रतिशत जोडीले १ देखि ३ महिनाभित्र विवाह सम्पन्न गर्ने निर्णय गरेको पनि उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ- भारतमा ७२ प्रतिशत केसमा इन्गेजमेन्टको समय ६ महिनाभन्दा कम हुन्छ, जबकि अन्य देशमा यो धेरै वर्षसम्म हुन सक्छ। त्यसैले यहाँ दम्पतीहरूले विवाहको योजना बनाउन निकै कम समय पाउँछन् ।
अहिले विवाह योजना बनाउन जोडीहरूले अनलाइन स्रोतहरूको अधिक प्रयोग गरिरहेका छन् । विवाह कम्पनीहरूले पनि यो प्रवृत्तिमा मलजल गरिरहेका छन् । वेडिङ वायर इन्डियाका मार्केटिङ हेड अनम जुबेर भारतको सहरी मध्यम वर्गले प्रेम विवाहलाई सहजै स्वीकार गरेको बताउँछन्। वेडिङ वायर इन्डियाको सर्वेक्षण प्रतिवेदन अनुसार विवाहका लागि अनलाइन प्लेटफर्मको प्रयोगमा ११ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरि ब्याचलर, सिंगलहुड, सोलोगामी, सिंगल वुमन जस्ता शब्दहरु अहिले प्रचलित हुँदै गएका छन् । यी सबै संगै युवाहरुमा अविवाहित रहने प्रवृत्ति पनि बढ्दै गएको छ ।
विवाहको बन्धनलाई अहिलेको युवा पुस्ताले साच्चिकै ‘बन्धन’ पनि मान्न थालेको छ । यस दृष्टिले युवतीहरूमा पनि अविवाहित रहने प्रवृत्ति बढेको छ भने युवा सन्तान अविवाहित हुनु अभिभावकका लागि टाउको दुखाइको बिषय समेत बन्दै गएको बताइएको छ ।
प्रतिक्रिया