बिहीबारसम्म पानी पर्ने

काठमाडाैं । नेपाल र युएई आज एसिसी प्रिमियर कपको फाइनलमा आमने-सामने हुँदैछन् । खेल बिहान ९ बजे त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा सुरुहुने पुर्व निर्धारित कार्यक्रम छ । यद्यपि आज काठमाडौंको मौसम पूर्वानुमान अनुसार भारी वर्षा हुने सम्भावना छ । अहिले खेल सुरु हुने समय अर्थात विहान ९ बजे वर्षा हुने सम्भावना ७८ प्रतिशत छ ।
दिउँसो ३ बजेसम्म वर्षा हुने सम्भावना ८७ प्रतिशत सम्म छ । दिउँसो ४ बजेपछि वर्षाको योग विस्तारै घटे पनि वर्षा रोकिने सम्भावना भने कम छ । आजको खेलको कट अफ टाइम (अन्तिम बल खस्ने समय) ५ : २४ हो । त्यसैले वर्षाले खेल बिथोल्ने सम्भावना प्रवल छ ।
काठमाडौंको आकाश पछिल्ला तीन दिनदेखि कालो बादलले ढाकेको छ भने मंगलबार पनि वर्षाको योग छ । मौसम पूर्वानुमान अनुसार काठमाडौंमा मात्र नभएर नेपालका अधिकांश क्षेत्र लगायत छिमेकि मुलुक भारतको टाढाटाढा सम्मको सिमावर्ती क्षेत्रमा पनि आगामी बिहीबारसम्म वर्षा हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया