रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय लिने
नेपालखोज
२०८० वैशाख १८ गते १५:१४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ ।
पार्टीको सोमबार बसेको केन्द्रीय समितिको बैठकपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता मुकुल ढकालले सरकारमा जाने/नजाने विषयमा शुक्रबार टुंगो लाग्ने जनाएका हुन् ।
उपचुनावपछि आज (सोमबार) पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया