सोमबार, जेठ २७, २०८२

‘कोसी प्रदेश सरकार असारअगावै परिवर्तन हुन्छ’

नेपालखोज २०८० वैशाख १८ गते १६:०८

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले हिक्मत कार्की नेतृत्वको कोसी प्रदेश सरकार असारअगावै परिवर्तन हुने दाबी गरेका छन् ।

सुनसरीको इनरुवामा सोमबार देवानगञ्ज ठूलो मदरसाबाट बाबिया हुँदै हनुमान चौक सडक स्तरोन्नति शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका कार्कीले असारसम्ममा कोसीमा एमाले नेतृत्वको सरकार ढल्ने बताएका हुन् ।

उनले सत्ता गठबन्धन पूरै पाँच वर्षसम्म कायम रहने दाबी गरे । पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले गठबन्धन सरकार गठन हुने चर्चा परिचर्चा हुने गरेको भन्दै नेता कार्कीले केन्द्र र प्रदेशमा वर्तमान गठबन्धन दलको सरकार पाँच वर्षसम्म कायमै रहने बताए ।

प्रतिक्रिया