सोमबार, जेठ २७, २०८२

संसदीय दलको नेतामा लामिछाने चयन

नेपालखोज २०८० वैशाख १८ गते १६:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

यसअघि आजै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता चयन गर्न संसदीय दललाई निर्देशन दिएको थियो । १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने दलको नेतामा चयन भएका हुन् । 

प्रतिक्रिया