लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने
नेपालखोज
२०८० वैशाख १९ गते ६:०७

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् ।
प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशन बमोजिबम प्रदेशसभाको बैठक आज बिहान ११ बजे आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आजकाे बैठकमा उनले विश्वासको मत लिने छन् । गत बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया