शनिबार, असार २१, २०८२

पूर्वगृहमन्त्री थापाका सल्लाहकार पक्राउ

नेपालखोज २०८० वैशाख १९ गते १०:२३

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले एमाले नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई पक्राउ गरेको हो ।

उनलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनी माथी सोधपुछ सुरु भएको छ ।

प्रतिक्रिया