सोमबार, जेठ २७, २०८२

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

नेपालखोज २०८० वैशाख १९ गते २१:२९

काठमाडौं । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बैशाख १९ गते मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालय बुटवलका सचिव प्रह्लाद पोखरेलले आज विज्ञप्ति प्रकाशित प्रकाशित गरी प्रदेश प्रमुखले हिउँदे अधिवेशन अन्त्य गरेको जानकारी गराए ।

यसअघि लुम्बिनी प्रदेशसभाको आज दिउँसो बसेको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया