शनिबार, असार २१, २०८२

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालखोज २०८० वैशाख २० गते ५:२७

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिल देशभर आंशिकदेखि सामान्य बदली रहेकोछ भने, गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरु तथा बाँकी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया