शनिबार, असार २१, २०८२

भिटामिन ‘ए’ चक्कि दिने कि भोजन ?

नेपालखोज २०८० वैशाख २० गते ८:३२

काठमाडाैं । २६ वर्ष भन्दा अघि भिटामीन ‘ए’ ख्वाउने कार्यक्रम कहिल्यै अन्त्य नहुने हो ? के बच्चाको आँखा स्वस्थ राख्न केवल ‘चक्कि’ मा मात्र भर परिरहने ? सबै रोगलाई रोक्न औषधी मात्र चाहिने बिचारले स्वास्थ्य मंत्रालयले हाम्रा मौलिक रैथाने खाना, जसमा पर्याप्त भिटामीन ‘ए’ प्रोटीन, क्याल्सियम छन् तिनलाई त बेवास्ता नै गरेको छ ।

कृर्षि मन्त्रालयले निकालेको पु्स्तिकामा कस्ता-कस्ता नेपाली वनस्पति भोजनमा कति (क्यारोटिन) (भिटामीन ‘ए’ शरीरमा बन्नको लागि शुरुवाती अबस्था) पाइन्छ भनेर लेखिएको छ । अपशोच त्यो पुस्तिका स्वास्थ्य मंत्रालयसम्म पुग्दैन । आज र भोलि देश भरिका बालबालिकालालई भिटामिन ‘ए’ ख्वाइनेछ । बर्सेनि अर्बौं लगानी तर कुपोषण समस्या उस्तै भिटामीन ‘ए’ को कार्यक्रम शुरुवात गर्दा सरकारले ‘बिस्तारै पोषण युक्त खानाको माध्यमबाट सबैलाई भिटामीन ‘ए’ कमि नहोस भनेर कार्यक्रम ल्याउँनेर्छौ । भनेको थियो । तर ती सबै पर्याप्त कालमा भएको नीति उदाहरणको लागि करी पत्ता, आलो लट्टे, पुदिना, कर्कलो, केराउ, खुसार्नी, चुकन्दर, मूला, मेथी, मेवा, आदिको पात पनि भिटामीन ‘ए’ ले भरिपूर्ण हुन्छ । तर अपशोच भिटामीन क्याप्सुल दिँदा, घर वरिपरी भएका यस्ता वस्तु खाउँ भनेर कसैले भन्दैन ।

‘नजिकको तिर्थ हेला’ भनेको यही होला । त्यसैगरी भटमास, रहर, चना, गहतमा पनि भिटामीन ‘ए’ त पाइन्छ । तर यसको विषयमा छलफल नै हुन्न । भिटामीन ‘ए’ को क्याप्सुल खाएपछि पहिले पहिले धेरै बच्चाको पहिले धेरै बच्चाको आँखाको स्वास्थ्यको सुरक्षा भएको छ । तर अब घर आगनमा पाइने भोजन प्रयोग गर्न नसिकाउने भन्या ।बर्सेनि अर्बौं लगानी तर कुपोषण समस्या उस्तै ।

प्रतिक्रिया