शनिबार, असार २१, २०८२

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ, टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी

नेपालखोज २०८० वैशाख २० गते १४:०७

काठमाडौं । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।

उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार नियन्त्रणमा लिएको हो।

तत्कालीन गृहसचिव रहेका पाण्डेको संलग्नता आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने गिरोहमा सरकारी उच्च अधिकारीहरूको पनि संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको सुई गृहका तत्कालीन अधिकारीतिर तेर्स्याएको थियो ।

यसै सिलसिलामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सोही घटनामा अनुसन्धानका लागि तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया