सोमबार, जेठ २७, २०८२

नवनियुक्त मन्त्रीहरूको शपथ आज

नेपालखोज २०८० वैशाख २१ गते ६:१३

काठमाडाैं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै छ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् । शपथ आज दिउँसो ३ बजे हुने राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र सल्लाहकार सुरेश चालिसेले जानकारी दिए ।

राष्ट्रपति पौडेलले हिजाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् । बस्नेत कांग्रेस सभापति देउवा निकट हुन् भने गुरुङ र लिम्बु नेता शेखर कोइराला निकट मानिन्छन् ।

प्रतिक्रिया