शुक्रबार, असार २०, २०८२

सफलताका लागि सकारात्मकता

नेपालखोज २०८० वैशाख २४ गते ५:२०

काठमाडाैं । जीवनमा धेरै पटक परीक्षाको सामना गर्नुपर्ने हुन्छ। परीक्षा जस्तोसुकै होस्, सकारात्मक सोच राख्ने हो भने अवश्य सफलता मिल्छ । यदि जीवनको कठिन समयमा पनि सकारात्मकतालाई धारण गर्ने हो भने कहेल्लै हार मान्नु हुँदैन । सफलताको एक मात्र बाटो सकारात्मकताबाट गुज्रन्छ । जीवनमा सकारात्मकता ल्याउने केही उपाय पनि छ । सकारात्मक सोच भएका व्यक्तिहरूसँग समय बिताउनुपर्छ ।

जीवनमा सकारात्मकता ल्याउन सकारात्मक सोच भएका व्यक्तिहरूसँग समय बिताउनु उपयुक्त हुन्छ । प्रतिकूल परिस्थितिमा पनि संयमका साथ काम गर्ने र सहजै समस्या समाधान गर्ने प्रयास गर्ने यस्ता व्यक्तिहरूका साथमा रहनुपर्छ । राम्रो साहित्यले मद्दत गर्न सक्छ । जीवनमा सकारात्मकता ल्याउन राम्रो साहित्य पढ्नुपर्छ । कठिनाइको सामना गर्दै लगनशीलता र कडा परिश्रम गरेर सफलता हासिल गर्ने व्यक्तिहरूको जीवनी पढ्नु पनि फाइदाजनक हुन्छ । ज्येष्ठ नागरिकको मार्गदर्शन आवश्यक छ ।

जीवनमा अगाडि बढ्न ठूला- बडाहरूको मार्गदर्शन लिइरहनुपर्छ । उनिहरूको अनुभव तथा मार्गदर्शनले हाम्रो जीवनमा सकारात्मकता ल्याउन काम गर्छ । आफुलाई मन पर्ने कुरा वा काम गर्नुपर्छ । जस्तै- यदि आफुलाइ क्रिकेट खेल्न मन लाग्छ भने क्रिकेटका लागि केहि समय निकाल्ने प्रयास गर्नुपर्छ । यदि संगीत सुन्न चाहनुहुन्छ भने संगीत सुन्नुहोस् । यसरी आफु मनपर्ने काम गर्नाले जीवनमा सकारात्मकता आउँछ ।

प्रतिक्रिया