सन्दीपको मुद्दामा अन्तिम बहसको पेशी आज
नेपालखोज
२०८० वैशाख २४ गते ८:०६

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज तोकिएको छ।
गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि न्यायाधीश दीपक ढकालले लामो बहसपछि मुद्दा हेर्न नभ्याइनेमा राखेसँगै लगातार सुनुवाइ हुन सकेको थिएन। जसको पेशी आजका लागि तोकिएको हाे।
बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।
सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो।
सन्दीपले सर्वोच्चोमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो। मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी छ।
सम्बन्धित
प्रतिक्रिया