सोमबार, जेठ २७, २०८२

कांग्रेसका आचार्यलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी

नेपालखोज २०८० वैशाख २४ गते ११:५१

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

आचार्यलाई आज अपराह्न साढे १२ बजे राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रमको तयारी गरिएको छ ।

महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई वन वा खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारीमा स्थानान्तरण गरेसँगै आचार्यले महिला तथा बालबालिका मन्त्रालय सम्हाल्ने भएका हुन् ।

प्रतिक्रिया