संघीय संसद्का दुई सचिवले गरे शपथ ग्रहण
नेपालखोज
२०८० वैशाख २४ गते १२:०१

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रियसभा सचिवमा डा. सुरेन्द्र अर्यालले शपथ ग्रहण गरेका छन् ।
उनीहरूलाई संघीय संसद् सचिवालयमा आयोजित एक समारोहबीच सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराका हुन् ।
उनीहरु वैशाख २१ गते नियुक्त भएका थिए ।
संघीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले सचिव पदमा नियुक्त गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया