पार्टी नेतृत्वप्रति रुष्टता पोख्दै गगनले लेखे, ‘अब त अति भाे !’
नेपालखोज
२०८० वैशाख २४ गते २०:०७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नेतृत्वप्रति असन्तुष्टि पोख्दै अति भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन् ।’
उनले धेरै पटक लाग्यो प्रतिरोध गरूँ लागेपनि जिम्मेवारी लिएर बसेकाले सीमा नाध्न नसकेको बताएका छन् ।
उनले थप लेखेका छन्, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’
सम्बन्धित
प्रतिक्रिया