संसदमा लुगा फुकालेर विरोध

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर विरोध जनाएका छन् ।
सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताएका थिए । तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाए ।
सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह गरेका थिए । तर सभामुख घिमिरेले उनलाई बोल्ने समय उपलब्ध नगराएकाले बस्न भनेको थियो ।
तर सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाएका हुन् । सांसद सिंहले संसद्को मर्यादा विपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० अनुसार पटक पटक चेतावनी दिएपछि सांसद सिंह आफ्नो स्थानमा बसेका थिए ।
आजको बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले यस्तो क्रियाकलाप संसदीय अभ्यास विपरीत रहेको धारणा राखेका थिए ।
प्रतिक्रिया