मंगलबार, जेठ २८, २०८२

‘५ सय र हजार को नोटमा प्रतिबन्ध लगाउनुस्’

नेपालखोज २०८० वैशाख २५ गते १२:५०

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले अर्थमन्त्रीलाई सुझाव दिदै ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउनका लागी भनेकी छिन् ।

राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै कांग्रेस सांसद पन्तले पैसा कि कसैको घरमा बाँधिएर बसेको कि सेयरमा रहेको उल्लेख गर्दै बोरामा बाँधेर राखेका पैसालाई प्रतिबन्ध गर्नुपर्ने बताएकी हुन् ।

उनले भनेकी छन्, ‘पैसा एउटाको खल्तीबाट अर्कोको खल्तीमा जान नपाएपछि कसरी अर्थतन्त्र चलायमान हुन्छ ? बोरामा बाँधेका पैसाहरु पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौं अर्थमन्त्रीज्यू यदि हामीले समस्या बुझेका छौं र हिम्मत छ भने’ सांसद पन्तले भनिन्, ‘यति गर्यौं भने हामी यो पलायन हुँदै गएको अर्थतन्त्रलाई चलायमान बनाउन सक्छौं ।’

प्रतिक्रिया