संसदमा अर्थमन्त्रीको अनुपस्थितिले बैठक स्थगित
नेपालखोज
२०८० वैशाख २५ गते १४:२८

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिपक्ष दलका सांसदहरुले सभामा अर्थमन्त्री महत नभएको भन्दै विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएको पाइएपछि बैठक सञ्चालनमा प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका हुन् ।
सभामुख देवराज घिमिरेले केही प्राविधिक समस्याको कारणले अर्थमन्त्रीको उपस्थितिमा ढिला भइरहेको हुँनाले १५ मिनेटको लागि यो बैठक स्थगन गरेको बताए ।
सम्बन्धित
प्रतिक्रिया