बिन्दवासिनीको सपथ ग्रहण सर्वोच्चको आदेशले रोकिने
नेपालखोज
२०८० वैशाख २५ गते १७:२५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिकी नेत्री बिन्दवासिनी कंसाकारको सांसद पदको सपथ ग्रहण रोकिने भएको छ ।
सर्वोच्च अदालतले आज ढाकाकुमार श्रेष्ठलाई कारवाही गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि कंसाकारको सपथ ग्रहण रोकिने भएको हो ।
पार्टीबाट ढाकाको ठाउँमा विन्दवासिनी कंसाकार सामानुपातिक सांसद नियुक्त भइसकेकी छन् । सर्वोच्चले आफ्नो आदेशमा रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई कारण देखाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
यो आदेशले ढाकाको सांसद पद तत्काललाई थमौती हुन्छ वा हुँदैन भन्ने अन्योल देखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया