मंगलबार, जेठ २८, २०८२

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

नेपालखोज २०८० वैशाख २५ गते १७:५५

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्धको विविध विषयमा विचार विमर्श भएको थियो ।

भेटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि चीन विरुद्ध प्रयोग हुन नदिइने बताएका थिए । सो क्रममा राजदूत सङ्ले उपराष्ट्रपतिको कार्यकाल सफलताको कामना गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया