शुक्रबार, असार २०, २०८२

डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु

नेपालखोज २०८० वैशाख २५ गते १८:३५

केरला । भारतमा एउटा पर्यटक डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुङ्गा दुर्घटनाको थप कारण स्पष्ट हुन सकेको छैन ।

दर्जनौं मानिसहरूले रातभर आंशिक रूपमा डुबेको डुङ्गा र वरपर बाँचेकाहरूको खोजी शुरू गरेका र खोजी सोमबारसम्म जारी राखिएको थियो ।

एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ । छ जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उद्धार कार्य जारी छ ।

स्थानीय प्रकाशन ओन्मानोरमाका अनुसार दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया