प्रधानन्यायाधीशमा कार्की सर्वसम्मत सिफारिस
नेपालखोज
२०८० वैशाख २५ गते १९:३५

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरिएको छ ।
सोमबार बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका सिफारिस गरेको परिषदका एक सदस्यले जानकारी दिए ।
कार्की हाल कामु प्रधानन्यायाधीश छन् । अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् । चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए ।
दीपककुमार उमेर हदका कारण अवकाश भएपछि ११ असोज २०७९ मा कामु प्रधानन्यायाधीशको भूमिकामा थिए ।
सम्बन्धित
प्रतिक्रिया