मंगलबार, जेठ २८, २०८२

एमालेको सचिवालय बैठक बस्दै

नेपालखोज २०८० वैशाख २६ गते ७:१०

काठमाडौं । आज नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ ।

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।

प्रतिक्रिया