मंगलबार, जेठ २८, २०८२

राप्रपाले गठन गर्यो महिला संगठन

नेपालखोज २०८० वैशाख २६ गते ७:२५

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनले अञ्जना शाह रावलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष अञ्जना सर्वसम्मत चयन भएकी हुन् ।

राजधानीमा सम्पन्न संगठनको महाधिवेशनले अध्यक्ष रावलको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा संगीता मल्ल ठकुरी र महासचिवमा कुमारी स्याङ्तान निर्वाचित भएकी छिन् ।

मनोनित हुने उपाध्यक्षमा सिजन श्रेष्ठ सरस्वती श्रेष्ठ, महासचिवमा रञ्जना सेन ठकुरी र चम्पा अधिकारी छन् । संगठनको महाधिवेशनबाट पारित विधान अनुसार विभिन्न प्रदेशका केन्द्रीय समिति सदस्य तथा पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्पीडित, जनजाति आदिबाट पनि केन्द्रीय सदस्यहरु निर्वाचित भएका छन ।

प्रतिक्रिया