मंगलबार, जेठ २८, २०८२

कर्मचारी र ठेकेदारको मिलेमत्तोमा भ्रष्टाचार हुन्छ : देवेन्द्र दाहाल

नेपालखोज २०८० वैशाख २६ गते ११:५१

काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले कर्मचारी र ठेकेदारको मिलेमत्तोमा भ्रष्टाचार हुने बताएका छन् ।

राष्ट्रिय सभामा जारी प्रि-बजेट छलफलमा भाग लिँदै उनले भ्रष्टाचारमा कर्मचारी र ठेकेदार मात्रै नभएर नेताहरु पनि मुछिने बताएका हुन् ।

उनले भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस अनुसार अगाडि जानुपर्नेमा जोड दिए । ‘कर्मचारी र ठेकेदारको मिलेमत्तोमा भ्रष्टाचार हुँदा रहेछ । यसमा नेताहरु पनि मुछिन्छन् होला’ उनले भनेका छन् ।

यसरी विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिंदै गइरहको उल्लेख गर्दै उनले सरकारलाई भ्रष्टाचार न्युनीकरणमा प्रष्ट हुन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया