‘कोही माननीय सदनमा नांगिएर परेड खेल्छन्’
नेपालखोज
२०८० वैशाख २६ गते १३:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रतिनिधि सभाको बैठकमा कोही माननीय सदनमा नांगिएर परेड खेल्ने भन्दै आलोचना गरेकी छिन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सदनको गरिमालाई अमर्यादित बनाएर नांगिनु लज्जास्पद बिषय भएको बताएकी हुन् ।
राईले सदन मजाक गर्ने थलोको रुपमा दुरुपयोग हुन थालेको भन्दै चिन्ता प्रकट गरेकी छन् । सदनको गरिमालाई मर्यादत बनाउनु सबै सांसदहरुको कर्तव्य, दायित्व र जिम्मेवारीको विषय भएको उनले बताइन् ।
सांसद राईले संसदलाई मजाक गर्ने थलो बनाउने प्रयत्नका उदाहरणहरु पनि दिएकी छन् । ‘कोही माननीय मौन धारणा गर्ने, कोही माननीय सदनमा नांगिएर परेड खेल्ने यी गतिविधहरुप्रति खेद प्रकट गर्न चाहन्छु,’ सांसद राईले भनेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया