मंगलबार, जेठ २८, २०८२

आरजुलाई इङ्गित गर्दै तोसिमाको प्रश्न : भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?

नेपालखोज २०८० वैशाख २६ गते १३:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नेपाली कांङ्ग्रेसकी सांसद आरजु राणालाई इङ्गित गर्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भनि प्रश्न गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कार्कीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणको अनुसन्धान माग गर्दा महिला हिंसा भएको राणाको गुनासोतर्फ इङ्गित गर्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भनी प्रश्न गरेकी हुन् ।

आइतबार प्रतिनिधिसभाकै बैठकमा नेपाली कांग्रेसकी सांसद आरजुले पुरुषहरुले महिलालाई सधै दमन गर्न खोजेको अभिव्यक्ति दिएकी थिइन् । भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणको कुरा चलिरहेको बेलामा आफूमाथि समेत प्रश्न उठेको भन्दै उनले आफूले गल्ती नगरेको र नडराउने बताएकी थिइन् ।

‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिलाद्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुपर्‍यो, – भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?’ आजको बैठकमा डा. तोसिमाले प्रश्न गरिन् ।

सांसद तोसिमाले भनिन्, ‘भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ । अपराध भएको छ । कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया