मंगलबार, जेठ २८, २०८२

जनप्रतिनिधिमा भारी कटौती र प्रदेश खारेज नगरेसम्म अर्थतन्त्र लयमा आउँदैन : राजेन्द्र लिङ्देन

नेपालखोज २०८० वैशाख २६ गते १५:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनप्रतिनिधिमा भारी कटौती र प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्र लयमा नआउने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलको क्रममा बोल्दै उनले यति धेरै जनप्रतिनिधि र यति खर्चिलो प्रदेश संरचना देशले धान्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘यति ठुलो जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म र प्रदेश खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठिक ठाउँमा आउँदैन । सबैभन्दा अनुत्पादक क्षेत्र यो हो । हामीले अब आँट गरौं । हिजो कुनै सुविचारको साथ ल्यायौं होला। तर, आज यो ठिक भएन भन्ने हरेकको मनमा छ ।’

लिङ्देनले सरकारले बजेटका लागि प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताले अर्थतन्त्र सुधार नआउँने समेत बताएका छन् ।

प्रतिक्रिया