झापामा प्रहरी र प्रदर्शनकारीबीच झडप, गोली लागेर २ जना घाइते
नेपालखोज
२०८० वैशाख २६ गते २२:२६

काठमाडौं । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् ।
मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएका झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरी र प्रदर्शनकारी दुबैतर्फका घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया